Saturday, 16 June 2007

कांग्रेस नेतृत्व प्रतिगामी मालिकसंग झुकेको छ



कांग्रेस नेतृत्व प्रतिगामी मालिकसंग झुकेको छ .पम्फा भुसाल


नेकपा (माओवादी) लुम्बिनी क्षेत्रीय ब्यूरोको बैठक हालै सम्पन्न भएको छ, बैठकले कस्ता निर्णय लिएको छ ?
हालै सम्पन्न केन्द्रीय समितिको बैठकले देशमा गणतन्त्रको घोषणा गरेर जाने जो राजनीतिक निर्णय गरेको थियो, त्यही निर्णयलाई लक्ष्यमा राखेर आवश्यक पर्ने राजनीतिक, वैचारिक, सांगठनिक लगायतका संघर्षका कार्यक्रमहरू ब्यूरोले तय गरेको छ ।
लुम्बिनी क्षेत्रीय ब्यूरोको राजनीतिक तथा सांगठनिक अवस्था के कस्तो छ ? यो क्षेत्रमा राजावादी तथा प्रतिक्रियावादीहरूको चलखेल छ कि छैन ?
लुम्बिनी क्षेत्र राष्ट्रिय राजनीतिमै महत्वपूर्ण भूमिका खेल्ने अञ्चल हो । र, यसले १० वर्षको जनयुद्धमा पनि र १९ दिने जनआन्दोलनमा पनि अहम् भूमिका खेल्यो । पछिल्लो पटक देशको शान्तिपूर्ण अग्रगमनलाई अवरुद्ध पार्ने गरेर मधेसका नाममा अस्थिरता पैदा गर्ने षड्यन्त्र पनि लुम्बिनीमा पराजित भएको स्थिति हो । निश्चय नै प्रतिक्रियावादीहरू अन्तिमसम्म १० औं चोटि आफ्नो टाउको उठाउने कोसिस त गर्छन् । तर राजावादीहरूको निर्ण्ाायक भूमिका हुने स्थान छैन । अहिले मुख्यतः गणतन्त्रवादीहरूको बाहुल्यता छ ।
यो लुम्बिनी क्षेत्र ढाडमा टेकेर टाउकोमा हान्ने नेकपा -माओवादी) को रणनीतिलाई मर्ूतरूप दिने क्षेत्र हो । आन्दोलनमा पनि यहा�का जनताको महत्वपूर्ण भूमिका हुने गर्दछ । तर जनताको मतलाई भने सधैभरि षड्यन्त्रमा टुंग्याइएको स्थिति छ । माओवादीले यसलाई कसरी लिएको छ ?
निश्चय नै आन्दोलनमा लुम्बिनीको भूमिका र यहा�का जनताले गत जनआन्दोलनमा दिएको म्याण्डेट गणतन्त्र थियो । त्यसैले सकेसम्म अन्तरिम विधायिकाबाटै दर्ुइ तिहाई मतद्वारा गणतन्त्र घोषणा गर्ने प्रस्ताव हाम्रो पार्टीले अगाडि सारिरहेको छ र माग गरिरहेको छ । त्यो लागू गर्नको लागि दबाब दिनु पहिलो कुरा हुन्छ । यदि त्यसो भएन भने एकपटक फेरि सडक आन्दोलनको मोर्चामा लुम्बिनीले आफ्नो भूमिका खेल्नर्ुपर्छ । लुम्बिनीका करिब ३० लाख जनताको अभिमत त्यही नै हुन्छ ।
लुम्बिनी क्षेत्रमा केही तर्राईका जिल्लाहरू पनि पर्छन् । तर्राईका जिल्लामा राजावादीहरू र देशी विदेशी तत्वको चलखेल कस्तो छ ?
निश्चय नै लुम्बिनी देख्दा छ वटा जिल्लाजस्तो भए पनि मुख्यतः २ वटा विशेषता यहा� छन् । पहाडी तीन जिल्लामा मगर बाहुल्यता छ । जनजातिको बाहुल्यता छ । तीन वटा जिल्ला मधेसमा पर्छन् । मधेसलाई केन्द्र बनाएर अहिले देशभित्रका प्रतिक्रियावादी र उनीहरूका वैदेशिक मालिक तथा शक्ति केन्द्रहरू मधेसमा अस्थिरता पैदा गरेर निर्धारित समयमा संविधानसभा चुनाव हुन नदिने, शान्तिपूर्ण प्रक्रियाद्वारा गणतन्त्रमा देशलाई जान नदिनको निम्ति जुन ढंगको षड्यन्त्र गरिराखेका छन्, त्यो षड्यन्त्र अन्यत्र जस्तै गरेर लुम्बिनीमा उनीहरूले कार्यान्वयन गर्न नसकेको स्थिति हो । यद्यपि यहा� पटक-पटक विभिन्न पहल त भएका छन् । समयमै जनताको सशक्त प्रतिरोधले अहिले प्रतिक्रियावादीहरू रक्षात्मक स्थितिमा पुगेका छन् । यसो पनि भन्न सकिन्छ जनयुद्धका बेलामा मधेसका तीन वटै जिल्लामा कथित प्रतिकारका नाममा हजारौं जनताका घरवास उजाड गर्ने, दर्जनौं मानिसलाई ज्यू�दै मार्ने जो परिघटनाहरू थिए, अहिलेको स्थितिमा आउ�दा उनीहरूले आफ्नो षड्यन्त्रलाई असाध्यै सा�घुरो घेरामा गोरखपुरकेन्द्रित भएर तीन वटा जिल्लामा छिटफुट रूपमा गतिविधिहरू गरेका छन् । जनता र हाम्रो पार्टीको प्रतिरोधले उनीहरू रक्षात्मक बन्न पुगेको यथार्थ हो ।
यस क्षेत्रका अधिकांश जनता माओवादीप्रति नै आस्थावान् छन् र माओवादीको नेतृत्वबाट ठूलो आशा गरेको पाइन्छ । त्यो आशालाई कसरी पूरा गर्दै हुनुहुन्छ ?
जनताले माओवादीलाई आशा र भरोसाको शक्तिको रूपमा हेरेका छन् । देशभरिको कुरा पनि सत्य हो र लुम्बिनीमा पनि त्यो सत्य हो । जनताले आमूल परिवर्तनकोे अपेक्षा राखेका छन् । हाम्रो लक्ष्य पनि जनताको अपेक्षा पूरा गर्ने हुन्छ । तर यतिबेला देशको मूल समस्या भनेको राजनीतिक एजेण्डाको हल गर्ने कुरा हो । त्यो भनेको देशलाई गणतन्त्रमा लैजाने हो । गणतन्त्र देशमा ल्याउने भनेको सामन्तवाद र राजतन्त्रको अन्त्य गर्ने कुरा हो । जबसम्म सामन्तवाद र राजतन्त्रको अन्त्य गरिदैन, तबसम्म जनताको अपेक्ष्ँा पूर्ण रूपले सफल गर्न सकिदैन । यद्यपि यतिबेला हाम्रो पार्टीले विधायिका र महत्वपूर्ण मन्त्रालय सम्हालिरहेको छ । तर त्यो अहिले सरकारमा जा�दा बित्तिकै जनताले पूरै आमूल परिवर्तनको महसुस गर्ने गरेर सरकारको मोर्चाबाट गर्न सक्ने स्थितिमा छैनौं । किनकि पुरानो ब्यूरोक्रेसी, पुरानै बजेट, पुरानै सोंच भएका मान्छेको नेतृत्वको सरकारमा हामी छांै । त्यहा� अलिकति पनि अग्रगामी र जनहितका, जनसरोकारका विषयहरू अगाडि सार्दा बित्तिकै मन्त्रिमण्डलको बैठक नै अवरुद्ध गर्ने गरेका छन् । आफ्नो मन्त्रालयका कामहरू सहज ढंगले लागू गर्नको निम्ति र आफ्नो तरिकाको कर्मचारीतन्त्र सेट गर्नका लागि पनि त्यति सहज बनिराखेको छैन । तैपनि हाम्रो कोसिस के हुनेछ भने, हामी जति दिन सरकारको मोर्चामा रहने छांै, तबसम्म ती मन्त्रालयहरूका काम कारबाहीहरू जनताको हितमा हुने गरेर कार्यान्वयन गर्नेछौं । तर हामी सरकारमा जा�दैमा अहिलेकै सरकार, अहिलेकै व्यवस्थाबाट जनताले आमूल परिवर्तनको अनुभूति गर्ने गरेर हामी गर्न सक्दैनौं । र, अरु कसैले पनि सक्दैन । पहिले यो राज्यको संरचनाको परिवर्तन जरुरी छ । राजनीतिक व्यवस्थाको आमूल परिवर्तन गर्न जरुरी छ । तबमात्रै हामीले जनताका सबै प्रकारका भावना र आकांक्षालाई सम्बोधन गर्न सक्छौं । नया� नेपाल निर्माणमा जनतालाई सहभागी बनाउ�दै, सा�च्चैको नया� नेपाल निर्माणको निम्ति हामीले पहिला राजनीतिक प्रकारले नै समस्याहरूको हल गर्नुपर्छ ।
माओवादीप्रति आस्था राख्ने अधिकांश कार्यकर्ताहरूलाई माओवादी पनि अब संसदीय धारमा आयो, क्रान्तिकारी धार छोड्यो भनेर टिप्पणी उठ्ने गरेका छन् । यसलाई कसरी हर्ेर्नुभएको छ ?
यो ँहारेका गोरुका थाकेका तर्क� भनेजस्तो स्थिति हो । किनकि आफ्नो यथास्थितिमा अरु पनि आइदिए हुन्थ्यो भन्ने अपेक्षा मात्रै हो । हामी पुरानो संसदीय व्यवस्थामा गएका हैनौं, अहिलेको अन्तरिम व्यवस्थापिका र अन्तरिम सरकार २ सय ३८ वर्षको परम्परागत राजनीतिक व्यवस्था, संस्कार, मूल्य र मान्यताको अन्त्य हो, र नया� लोकतान्त्रिक गणतन्त्र स्थापना नभइसकेको संक्रमणकालीन नया� खालको अन्तरिम विधायिका र अन्तरिम सरकार हो । त्यसैले हामी परम्परागत र पुरानो संसदीय राजनीति र त्यसको मूलधारमा गएका छैनौं । यो निश्चितै रूपमा नया� हो । तर यो नया� हुनुको अर्थ, यसलाई अग्रगमनतिर नलाने हो भने यो आफैमा सापेक्षताको यथास्थितिवाद हो । हामी विधायिकाको मोर्चामा, सरकारको मोर्चामा यो कारणले संलग्न छौं कि यो १० वर्षको जनयुद्ध र १९ दिने जनआन्दोलनका हजारौं सहिदहरूको बलिदान, लाखौंं जनताको अभिमतलाई संस्थागत गर्न हामी त्यहा� गएका हौं । तर जनताको पूर्ण विजयको निम्ति नया� लोकतान्त्रिक गणतन्त्रको नया� राज्य स्थापना गर्न नसक्ने स्थिति हु�दाखेरि हामी यो विधायिका र यो सरकारलाई आन्दोलनको मोर्चाका रूपमा प्रयोग गर्दछौं । र, सडकको आन्दोलनको मोर्चासित समायोजन गरेर पूर्ण लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने माध्यमको रूपमा प्रयोग गछौं । त्यसैले हामी यसैलाई नै सबैथोक मानेर, यसैलाई नै अन्तिम लक्ष्य मानेर न त हामी विधायिकामा न त सरकारको मोर्चामा गएका छौं । हामी तबसम्म यो मोर्चामा बस्ने छौं, जबसम्म गणतन्त्रको आन्दोलनको मोर्चाको रूपमा यो प्रयोग गरिने छ । र, कुनै पनि बेला हामी सरकारको मोर्चा, सदनको मोर्चा र सडकको मोर्चालाई समायोजन गरेर जाने प्रक्रियामा सरकारको मोर्चाबाट हामी हट्न पनि सक्ने छौं ।
नेकपा -माओवादी) सरकारमा जानुको प्रमुख उद्देश्य संविधानसभाको निर्वाचन गराउनु हो, तर संविधानसभाको निर्वाचनलाई प्रतिगामीहरूले षड्यन्त्रपूर्वक अन्यौलमा धकेलेका छन् । अब संविधानसभाको चुनाव नहुने भइसकेपछि अर्काे जनआन्दोलनको आवश्यकता खड्किएको हो ?
हामी संसद र सरकारमा जानुको कारण संविधानसभाको माध्यम हु�दै लोकतान्त्रिक गणतन्त्र स्थापनका निम्ति थियो । निर्धारित समयमा संविधानसभाको चुनाव गराउनर्ुपर्छ । यदि आठ दलको सहमतिबाट यसो बन्दैन भने गणतन्त्रवादीहरूले मोर्चा बनाएर सडक आन्दोलनको मोर्चाबाट गणतन्त्रमा जानर्ुपर्छ । यो भन्दा अरु नेपाली जनताका अगाडि, नेपाली राष्ट्रका अगाडि र गणतन्त्रवादीहरूको अगाडि अर्काे विकल्प छैन ।
अहिले नेकपा माओवादी सरकारमा छ, आन्दोलन गर्ने पनि भनिरहेको छ । अब यो आन्दोलनको मोर्चा, सरकारको मोर्चा र संसदीय मोर्चालाई कसरी समायोजन गरेर अगाडि बढ्छ त ?
हामी संविधानसभामार्फत शान्तिपूर्ण रूपले गणतन्त्र स्थापना गर्ने उद्देश्यले सरकारमा गएको हो । तर त्यो प्रक्रियालाई अवरुद्ध गरिन्छ भने हाम्रो राजनीतिक लक्ष्य प्राप्त गर्न विधायिकाबाटै गणतन्त्र घोषणा गर्नको निम्ति हामीले पहल गर्र्छौं । १२ बु�दे समझदारीदेखि बनेको एकतालाई गणतन्त्रको घोषणाको आधारमा विकसित गर्न चाहन्छौं । नया� आधारमा फेरि आठ दलको नया� एकता कायम गर्न चाहन्छौं । त्यो जोसंग संभव छ त्यससंग गर्र्छौ । गणतन्त्र अहिले हाम्रो राजनीतिक लक्ष्य भएका कारणले संविधानसभाको माध्यम अवरुद्ध भइसकेपछि अब आन्दोलनको मोर्चाको रूपमा समायोजन गरेर सडकबाट गणतन्त्र घोषणा गर्न चाहन्छौं । त्यसैले संविधानसभा विधि हो, माध्यम हो र राजनीतिक लक्ष्य गणतन्त्र नै हो ।
तपाईहरू सरकारमा पनि बस्ने, अनि सरकारका विरुद्ध पनि आन्दोलन गर्ने भन्दै हुनुहुन्छ - यसलाई आम जनताले कसरी बुझ्ने ?
हामी सरकारमा गएको गणतन्त्रको लागि हो । त्यसैले गणतन्त्र घोषणा सरकारैबाट गर्नुपर्‍यो । हामी गणतन्त्रको लक्ष्य राखेर संविधानसभाको चुनाव र चुनावमार्फत् राज्यसत्ता पर्ुनर्सरचना सहितको गणतन्त्र घोषणा गर्र्छौ भन्ने उद्घोषका साथ हामी सरकारमा सामेल भएका हौं । यदि यो सरकारले चुनाव गराउ�दैन भने, सहमतिका आधारमा त्यो संभव भएन भने संघर्षको माध्यमबाट गणतन्त्रमा जाने हो । यो सरकारको म्याण्डेट नै गणतन्त्रमा जाने भन्ने थियो । त्यसैले गणतन्त्रका लागि जुन तरिकाको आवश्यकता हुन्छ, त्यही आवश्यकता अनुसार अगाडि बढ्ने हो । र, एउटा प्रक्रियामा हामी सरकारको मोर्चा छोड्न पनि सक्छौं ।
नेकपा -माओवादी)ले संसदबाट गणतन्त्र घोषणाको कुरा उठाइरह�दा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्रीले त त्यो संभव छैन भनेर टिप्पणी गरेका छन् नि ?
नेपाली कांग्रेसले आफ्नो जन्मकालदेखि नै कहिल्यै नेपाली जनताको भावना, आकांक्षा र अग्रगामी राजनीति गरेन । २००७ सालदेखि अहिले ०६४ सालसम्म आइपुग्दा उसले यथास्थितिको राजनीति गरेको कुराको पर्ुनर्पुष्टि गरेको छ । त्यसले नेपाली जनताको आन्दोलन र सहकर्मी राजनीतिक पार्टीहरूको दबाबका बीच पनि अन्ततः आफ्नो यथार्थ चरित्र पर््रदर्शन गरेको छ । यो एक ढंगले राजनीतिक अग्रगामी निकासको निम्ति दुःखद हो भने नेपाली कांग्रेस जे हो जस्तो हो त्यही रूपमा आफूबाट उद्घाटन गरिदिने कुराले नेपाली जनतालाई चिन्न सजिलो भएको छ । तर हामीलाई के विश्वास छ भने कुनै पनि परिवर्तन कुनै पार्टी विशेषले गरेर भन्दा आम जनताको सहभागिता र संलग्नतामा संभव हुन्छ । र १० वर्षको जनयुद्ध र १९ दिनको जनआन्दोलनले के देखाएको छ भने अत्यधिक नेपाली जनता गणतन्त्रको पक्षमा छन् । नेपाली जनताहरू गणतन्त्रको पक्षमा छन् । नेपाली कांग्रेसको नेतृत्व कायर बनेर आफ्ना वैदेशिक मालिकहरू र देशभित्रका प्रतिगामी मालिकका अगाडि झुकेको छ । तर नेपाली कांग्रेसको जिल्ला तहसम्मको नेतृत्व र त्यो भन्दा तलको कार्यकर्ता पूरै गणतन्त्रवादी छन् । त्यसैले यो देशको अत्यधिक बहुमत जनमत भनेको गणतन्त्र हो । बहुसंख्यक जनताको प्रतिनिधित्व गर्ने मूल अभिभारा गणतन्त्र स्थापनाको लागि हाम्रो पार्टीको का�धमा आएको छ । र, यसको लागि संभव भए जतिका वाम र गणतन्त्रवादी शक्तिहरूसंग सहकार्य र संयुक्त मोर्चा निर्माण गरेर र संभव भएकासंग एकता गरेर नै अगाडि जान तयार छौं । त्यसो गर्दा संभव छ । किनकि हामी एक्लैले सिंगो दुनिया� हाम्रा विरुद्ध हु�दा पनि हामीले सशस्त्र जनयुद्ध संचालन गरेर विजयको नया� उचाईमा उठायौं । घर र जेलका चिसा सिंढीमा बन्दी जीवन बिताएका आठ दल र गिरिजाप्रसादसहितका सात दलका नेताहरू आज राजनीतिको नया� मञ्चमा त्यही कारणले पुग्न सफल भएका छन् तर ँहिड््दै गर्ने पाइलो बिर्सने� यी राजनीतिक पार्टीको पश्चगामी सोंच भएका नेताहरूले फेरि आफ्नो चरित्र प्रकट त गरेका छन् तर जनताको भावनालाई परिवर्तन गर्न सक्दैन । त्यसैले गणतन्त्रवादी जनताको अभिमत फेरि एउटा आन्दोलनको माध्यमबाट पर्ुनर्पुष्टि गर्दै गणतन्त्रको नेतृत्व हाम्रो पार्टीले गर्नुपर्छ ।
कांग्रेसी एकाधिकारवादविरुद्ध के कस्ता संघर्षमा कार्यक्रम संचालन गरिदैछ ?
यसका विरुद्ध पहिले क्रान्तिकारी कम्युनिष्ट पार्टीहरूका बीचमा एकता, दोस्रो गणतन्त्रवादी तथा वामपन्थीबीचको संयुक्त मोर्चा गठन गरेर आम जनताको भावना र आकांक्षाका विपरीत पश्चगमनतिर जाने र आफूलाई आठ दलको सरकारभन्दा आफ्नै पार्र्टीको एकाधिकारका रूपमा प्रस्तुत गरेको छ । त्यसलाई सरकार, विधायिका र सडकको मोर्चाबाट संयुक्त आन्दोलन गर्नुपर्छ । यसो गरे मात्र यो प्रवृत्तिलाई पराजित गर्न सकिन्छ । अब सामन्ती राजतन्त्रलाई मात्र हैन कि त्यसलाई बोकेर हिंड्ने पश्चगामी राजनीतिक शक्तिलाई पनि एउटै आन्दोलनले एकैचोटि बढार्नुपर्छ ।
अहिले वाम एकताको संभावना कत्तिको देख्नुहुन्छ ?
कसैको इच्छा, आकांक्ष्ँाको कुराभन्दा राष्ट्रको वस्तुगत आवश्यकता मुख्य बन्छ । यतिबेला हरेक क्रान्तिकारी कम्युनिष्टहरूका बीचमा एउटै पार्टी निर्माण गर्नुपर्ने आवश्यकता र पार्टी एकताको आधार नबनिसकेका वाम शक्ति र गणतन्त्रवादीका बीचमा संयुक्त मोर्चा बनाएर लैजाने वस्तुगत र टड्कारो आवश्यकता बनेको छ । इच्छा गरोस् वा नगरोस् यो नेपाली राजनीतिको अनिवार्य आवश्यकता बनेको छ । जनताको भावना र आकांक्षा बनेको छ । त्यसैले संभव छ ।
यसको लागि के कस्ता पहल भइरहेका छन् ?
एमाले, एकताकेन्द्रसहितका र साना वामपन्थी पार्टीहरूसंग छलफल सहकार्यको थालनी गरिसकिएको छ ।
वाम एकताका कुरा भइरह�दा राजावादी र कांग्रेसहरूले पनि प्रजातान्त्रिक मोर्चाको कुरा उठाइरहेका छन् नि ?
नेपालको राजनीति असाध्यै तीब्र रूपमा ध्रुवीकृत हु�दैछ । त्यसैले नेपाली कांग्रेस मात्रै हैन कि कैयौं राजावादी पार्टी पनि आफ्ना विदेशी शक्तिकेन्द्रहरूको निर्देशनमा जसरी एक बन्दैछन्, स्वभावैले जिम्मेवार राजनीतिक पार्टी पनि नया� ढंगले एकीकृत हुने वस्तुगत आवश्यकता बनेको छ । यो कुरा हाम्रो सचेत प्रयत्नले बुझ्ने आवश्यकता हो तर प्रतिक्रियावादी प्रतिगामी शक्तिहरूका गतिविधिले नै स्वतः त्यसको निम्ति प्रेरित गरिदिएको छ र निश्चय नै आज गणतन्त्रका विरोधी शक्ति अल्पसंख्यामा छन् र गणतन्त्रका पक्षधर जनता बहुसंख्यक छन् । त्यसैले अहिले राजावादी र कथित प्रजातन्त्रवादीका बीचमा जसरी एकता बढ्दै छ । यसले फेरि वामपन्थी र गणतन्त्रवादी शक्तिहरूको बीचमा पनि नया� एकताको आधार बनाइदिदै छ ।
अहिले पछिल्लो समयमा साम्राज्यवादी र विस्तारवादी हस्तक्षेप बढेको देखिन्छ, यसबाट जनतालाई सचेत पार्न के गर्दै हुनुहुन्छ ?
१० वर्षको जनयुद्धमा हाम्रो पार्टीले उत्पीडित जाति र क्षेत्रहरूलाई समानताको अधिकारमा पुर्‍याउनको लागि आत्मनिर्णयको अधिकारसहित स्वशासनको जुन नीतिलाई अगाडि सार्‍यो, त्यसका आधारमा सम्पूर्ण उत्पीडित जाति र क्षेत्रका जनसमुदायलाई संगठित गरेर आन्दोलनको मूलधारमा समाहित गर्‍यो । सहमतिका राजनीतिमा कैयौं चीजहरूलाई थाती राख्दै मूल राजनीतिक एजेण्डालार्इर्र्हल गर्ने गरेर त्यो सम्झौतामा हाम्रो पार्टी पुग्यो । र, ती जनआन्दोलनले थाती राखेका, जनयुद्ध र जनआन्दोलनका सकारात्मक मागहरूलाई प्रतिगामीहरूले आफ्नो नकारात्मक उद्देश्य पर्ूर्ति गर्नको लागि प्रयोग गर्दै देशभित्र राष्ट्रिय विखण्डन, विर्सजन र साम्प्रदायिकता फैलाउने गरेर जुन ढंगले प्रयोग गरिराखेका छन् । ठिक त्यसै गरेर देशभित्रको राजनीतिक मात्र हैन दैनिक प्रशासनिक काममा समेत भारतले जुन ढंगले ना�ो हस्तक्षेप गरिराखेको छ र अमेरिकी साम्राज्यवादका राजदूतले कुनै कुटनैतिक मर्यादालाई ख्यालै नगगरिकन ना�ो ढंगले काठमाडौं मात्र हैन जिल्ला सदरमुकामसम्म पुगेर जुन ढंगको हस्तक्षेप गरिराखेको छ, यसले यतिबेला नेपालको राष्ट्रियता गम्भीर संकटमा छ । संवेदनशील छ र नेपाल यो वा बहानामा विस्तारै भुटानीकरण हु�दै सिक्किमीकरण बनाउने वैदेशिक शक्तिकेन्द्रको साम्राज्यवादी र विस्तारवादीको गुरुयोजनाको घेरामा पर्दैछ । त्यसले यो घेरालाई तोड्न एकपटक फेरि हामीले ७-८ वर्षदेखि गणतन्त्रको आन्दोलनमा जुन ढंगको जोड पुर्‍यायौं, थोरै राष्ट्रियताको प्रश्न ओझेलमा परे जस्तै थियो । अहिले राष्ट्रियतामाथि गम्भीर संकट पैदा भएको छ । अब गणतन्त्रको कुरा उठाउ�दा राष्ट्रियताको प्रश्न छोड्नै नमिल्ने विषय बनेको बेलामा राष्ट्रियताको र गणतन्त्रको आन्दोलनलाई एकाकार गरेर, एकीकृत गरेर अगाडि बढाउनु पर्ने आवयश्यकता बनेको छ । त्यसैले हाम्रो पार्टीको केन्द्रीय समितिको बैठकले हालै गणतन्त्रको कार्यनीतिलाई अगाडि बढाउ�दा राष्ट्रियतामाथिको गम्भीर संकटका विरुद्धको आन्दोलन लिएर जाने जो निर्णय गरेको छ । यसले सम्पूर्ण राष्ट्रवादी र देशभक्त पंक्तिलाई समेत गोलबन्द गर्दै गणतन्त्रको स्थापना गर्ने आन्दोलनसंग एकाकार गरेर लैजाने छ । र राष्ट्रियताको संरक्षण र सर्म्बर्द्धन गर्नेछ ।
अमेरिकाले त नेपालका माओवादीको व्यवहार नसच्चिएकोले आफ्ना नागरिकलाई नेपाल नजान भनेको छ नि ?
यो साम्राज्यवादीको बासी कुरा हो । कुनै नया� होजस्तो लाग्दैन । यसले पटक-पटक नेपाली जनताको जनयुद्ध, आन्दोलन र आन्दोलनका निम्ति साझा सहमति कायम गर्ने प्रक्रियाको सधैभरि विरोध गर्दै आयो र ऊ सधै एक पछि अर्काे गर्दै पराजित हु�दै आएको छ । र नेपाली राजनीति अग्रगमनतिर गइरहेको छ । र ऊ आफ्नो पराजयबाट छट्पटाइरहेको छ । त्यसैले यी बासी तर्क हुन् । उसका साम्राज्यवादी हर्कतको यो नियमितता मात्रै हो, कुनै नया� कुरा छैन ।
तपाई लुम्बिनी क्षेत्रीय ब्यूरो इन्चार्ज हुनुहुन्छ । अन्त्यमा आम लुम्बिनीवासीलाई के आह्वान गर्नुहुन्छ ?
देश यतिबेला गम्भीर राजनीतिक संकटमा छ । देशको राजनीति क्रान्तिकारी संकटमा छ । त्यो संकट भनेको एकातिर राज्यको पर्ुनर्सरचना सहितको लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने जनताको आकांक्षा र अर्काेतिर सामन्तवाद, साम्राज्यवाद र विस्तारवादको जनताको भावनाविरुद्धको जुन षड्यन्त्र छ । त्योबीचको अन्तरविरोध हो र यसको हल नै नेपाली जनता र राष्ट्रकोे अग्रगमन र समुन्नतिका निम्ति मार्ग बन्ने छ । त्यसैले साामन्तवाद, साम्राज्यवाद र विस्तारवाद नेपाली जनताको राज्य पर्ुनर्सरचनासहितको लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका विरुद्ध खडा भएको स्थिति छ । त्यसका विरुद्ध एकचोटि निर्ण्ाायक आन्दोलन गर्न जरुरी छ । नेपाली जनताको तागतले निश्चय नै देशी-विदेशी प्रतिक्रियावादीलाई पराजित गर्नेछ । नेपालमा नया� लोकतान्त्रिक गणतन्त्र स्थापना हुनेछ, जसले नेपाली जनताका वर्ग, क्ष्ँेत्र, जाति र लिंगका समस्यालाई सम्बोधन गर्दै संयुक्त नेपालको निर्माण गर्नेछ र एकचोटि लुम्बिनीवासी जनताले विगतको आन्दोलनकारी परम्परालाई फेरि नया� उचाइबाट आन्दोलनको उचाईमा सहभागी बन्ने र नेपालको राजनीतिलाई निर्ण्ाायक विजयमा पुर्‍याउने भूमिका खेल्नु हुनेछ । म यही आह्वान गर्नचाहन्छु ।

No comments:

 

myspace counters
eDiet Diet Programs