लण्डन, १३ जुलाई । बेलायतमा बसोबास गर्ने नेपालीहरुको साझा संगठन नेपाली समाज युकेले बेलायतको साउथ कोष्टमा एक भेलाको आयोजना गरी नेपाली समाज युके साउथ कोष्ट क्षेत्रीय समिति गठन गरेको छ । नेपाली समाज युकेका केन्द्रिय कोषाध्यक्ष बासुदेव मिश्र र प्रगतिशिल बुद्धिजीवि जनक अधिकारीको विशेष उपस्थितिमा सम्पन्न उक्त भेलाले सुरेन्द्र श्रेष्ठको संयोजकत्वमा दुइ सदस्य पछि थप गर्ने गरी ९ सदस्यीय क्षेत्रीय समिति गठन गरेको हो । नव गठित कार्यसमितिको सहसंयोजकमा गायत्री सिंखडा, सचिवमा कृष्ण सिंखडा, कोषाध्यक्षमा राजेन्द्र पाण्डे र सदस्यहरुमा कृष्ण दाहाल, लोक गुरुङ्ग र ज्ञानु भुसाल रहनु भएको छ ।
नेपाली समाज युकेका केन्द्रिय कोषाध्यक्ष बासु मिश्रले नव गठित कार्यसमितिका पदाधिकारीहरुलाई बधाई दिदैं साउथ कोष्टमा नेपाली समाज युकेको संगठन विस्तारमा यस समितिबाट थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बेलायतका विभिन्न क्षेत्रमा नेपाली समाज युकेका समितिहरु गठन हुने क्रम जारी रहेको र त्यसैको पहलको लागि विभिन्न क्षेत्रमा समितिका पदाधिकारीहरु सक्रियतापर्ूवक काम गरिरहेको जानकारी गराउनु भयो ।
4 comments:
surendra ji badhi chhaaaaa. abata khula bhyo dar chaina,
let us see what mr mishra does??
hinjo ko mandale ajko neta hahahaha
Keep it up Basu Comrade but plz beaware of Mandales....
Post a Comment