Sunday, 26 August 2007

माओबादीका नया राजदूतहरु !!!

kiran गौतम / बाघबजार


नेकपा माओवादीले आफ्नो भागमा परेका चारदेशका लागि राजदुतको नाम तय गरेको छ । नामावलि वारे औपचारिक रुपमा सार्वजनिक नगरेपनि उसले आगामी मन्त्रिपरिषद वैठकमा उनीहरुको नाम प्रस्ताव गर्ने वुझिएको छ ।
माओवादीको भागमा परेका फ्रान्स, डेनमार्क, अष्ट्रेलिया र मलेसियाका लागि राजदुतको नाम प्रस्ताव गरेको हो । जसअनुसार फ्रान्समा पम्फा भुसाल, डेनमार्कमा विजयकान्त कर्ण, अष्ट्रेलियामा अजय शर्मा र मलेसियामा ॠषि अधिकारी रहेका छन् । भुसाल लामो सयमदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय रहनुका साथै जनयुद्ध शुरु गर्दादेखिनै केन्द्रीय नेतृत्वमा रहेकी थिइन । अष्ट्रेलियाका लागि राजदुतमा सिफारिस भएका शर्मा हाल क्षेत्रीय ब्युरो सदस्य छन भने माओवादीको मुखपत्र संश्लेषण मासिकका सम्पादक समेत रहेका छन् ।
यसैगरी डेनमार्कका लागि प्रस्ताव गरिएका कर्ण राजनिति शास्त्रका उपप्राध्यापक कर्ण विगतमा पत्रकारिता पेशामा सक्रिय रही मधेशी आन्दोलनमा समेत उल्लेख्य भूमीका खेलेका थिए । उनी विगतमा एभरेष्ट हेराल्ड दैनिकका सम्पादकका रुपमा काम गर्नुका साथै काठमाण्डौ पोष्टसंग पनि आवद्ध रहेका थिए ।

यसअघि १४ देशका लागि सात राजनितिक दलको सहमतिमा राजदुत सिफासिर गरिएपनि माओवादी असहमतिका कारण नियुक्ति हुन सकेको थिएन । अन्तरिम सरकार गठनपछि माओवादीले वेलायत, अमेरिका, भारत र चीनमध्ये कुनै एकदेशको राजदुत दिनुपर्ने माग गरेपनि प्रधानमन्त्रीले असहमति जनाएपछि अन्य देशमा माओवादीले चित्त वुझाउनुपरेको हो । माओवादीले पनि नाम सिफारिस गरेपछि आगामी मन्त्रिपरिषदको वैठकले १८ देशका लागि राजदुत नियुक्ति गर्नेछ ।
मन्त्रिपरिषदले उनीहरुको नामावलि संसदीय सुनुवाइ समितिमा पठाइ अनुमोदन गराउनेछ । संसद अधिवेशन अन्त्य भएपनि समितिका कारवाही सुचारु रहनेछन् ।

3 comments:

Anonymous said...

congtrats comreds

Anonymous said...

पांचौं विस्तारित बैठकको परिणाम पर्खेर बस्नुभएका कमरेडहरु र जनसमुदायतर्फ फर्किंदै धक फुकाएर भन्न मन लागेको छ( कमरेडहरु र जनसमुदायहरु हामीले जितेका छौं, तपाईं हाम्रो विजय भएको छ, हामीले नयां सपना बोकेर फर्किएका छौं, होइन कमरेडहरु ख्याल गर्नुहोला( जित्नुको मतलब विजयी हुनुको मतलब हाइसुक्क हुनु र आराम गर्नु हुन सक्दैन। जित्नु र विजय हुनुको अर्थ त झन् ठूलो लडाइंको नजिक पुग्नु हो। हामी सबैले आफूलाई त्यसको निम्ति तयार पारौं।

Anonymous said...

अजय शर्मा नेकपा मसालका महामन्त्री एमबी सिंहपीडितको रुपमा चर्चित छन्। शर्माले तीन वर्ष अमेरिकामा बसेर मजदुरी गरेका थिए। मसालबाट पीडित भई विदेश पलायन भएका अजय शर्माले पछिल्लो समयमा माओवादी राजनीतिलाई सहयोग पुर्‍याएका थिए। एमबीपीडित अजय शर्मालाई माओवादी नेतृत्वले सही मूल्यांकन गरेको टिप्पणी उनका सहकर्मीहरुले गरेका छन्।

 

myspace counters
eDiet Diet Programs