
केही दिनअघि सरकारका मन्त्रीबाट राजीनामा दिनुभएका माओवादी नेता मातृका यादवले आफ्नो निर्णय कार्यान्वयन नै गर्न नसक्ने गरी लचकता प्रस्तुत गरेर पार्टीले गल्ती गरेको बताउनुभएको छ। जिम्मेवारीका साथ माओवादी सरकारमा सहभागी भए पनि पार्टीले संविधानसभाको निर्वाचनअगाडि नै समानुपातिक निर्वाचनप्रणाली र संघीय राज्य संरचनाको निर्णय गरेकोमा भने नेता यादवले खुसी व्यक्त गर्नुभयो । काठमाडौं–सिराहा गणतान्त्रिक मञ्चले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा नेता यादवले मधेसी जनता सरकारबाट मात्र नभई स्थानीय प्रशासनले समेत अपहेलना गरेको आरोप लगाउनुभयो । मधेसमा आन्दोलनरत पक्षसंग तत्काल वार्ता गरी समस्याको समाधान गर्न सरकारसंग नेता यादवले आग्रह गर्नुभयो ।
4 comments:
first time Matrika Yadav seems to have given a good challenge to all other ministers. This challenges by Matrika Yadav is more important in view of exposures of nepotism, corruption and dictatorship of Nepali Congress and UML
bichara yadav GHAR KO NA GHAT KO bhayachan
Yadav in his short tenure had locked horns with Koirala over the smuggling of red sandalwood from India to China via Nepal. He alleged that security forces were actively involved in the smuggling and poaching of animals at national parks, which had angered Koirala, who also heads the defence ministry.I think Yadav is a hero
shekhar i agree with you, and gorkhali right too by saying that matrika is a HERO
Post a Comment