तराइ जनतान्त्रीक मुक्ती मोर्चा गोइत समुहबाट बिद्रोह गरेर बनेको संयुक्त जनतान्त्रीक मुक्तीमोर्चाले तराइबासी मन्त्री तथा सांसदहरुलाइ आ-आफनो पदबाट राजिनामा दिन धम्की दिएको छ ।
मोर्चाका केन्द्रीय प्रवक्ता कौटिल्य शर्माका नाममा आज जारी गरिएको बिज्ञप्ती आउँदो असोज १५ गते भित्र राजिनामा नदिए तराइ प्रबेश गर्न नदिइने धम्की दिइएको छ । असोज १५ सम्म राजिनामा नदिए मन्त्री तथा सांसदहरुको घर जग्गा कब्जा गर्ने र भौतिक कारबाहि समेत चेतावनी वित्तप्तीमा दिइएको छ ।मोर्चाको हिजो बसेको पोलिटब्यूरो बैठकले यो निर्णय गरेको विज्ञप्तीमा जनाइएको छ ।
बिज्ञप्तीमा जयकृष्ण गोइतको नाममा रहेको आर्थिक संकलन संबन्धी सबै रसिदहरु हटाइएको र त्यस्ता रसिदको भरमा कसैले चन्दा दिएमा आफूहरु जिम्मेवार नहुने् मोर्चाले जनाएको छ ।
1 comment:
this madhesi people are too much yaar
Post a Comment