Tuesday, 18 September 2007

प्रचण्ड वार्ता


प्रश्नः शिखरवार्ता किन सफल भएन ?
उत्तरः नाम नै शिखरवार्ता । वार्तालाई गिरिजाले शिखर चुरोट झैं ठानेकोले ।


प्रश्नः वालुवाटारको वार्ता किन सफल हुदैन ?

उत्तरः वालुवामा कहिल्लै केही फलेको थाहा पाउनु भएको छ !


प्रश्नः संबिधानसभा र संखुवासभामा के फरक छ ?

उत्तरः उस्तै उस्तै हो, दुवै ठाउमा पुग्न कठिन प्रयास गर्नुपर्छ ।


प्रश्नः सेरेमोनियल किङ्ग भनेको के हो ?

उत्तरः शेरेलाई मनीले किन्ने मान्छे नै सेरेमोनियल किङ्ग हो ।

2 comments:

Anonymous said...

कुरा हिजोको होइन । अस्तिको पनि होइन । केही दिनअघिको हो । माओवादीस"ग कुरा मिल्ला-मिल्ला जस्तो भइरहेको थियो । मिलि नै सकेको भने थिएन । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई कसैले सोधेछ,- 'प्रधानमन्त्रीज्यू, वार्ता के भइरहेछ ?' कोइरालाले भन्नुभयो- ''वार्ता भइसक्यो । सबै कुरा मिलिसक्यो ।' 'कुरा मिलिसक्यो ! अझै मिलेको छैन भन्छन् त ! ' सोध्नेले प्रश्न गर्‍यो । प्रमले भन्नुभयो- 'होइन, त्यो हल्ला मात्र हो । सबै कुरा मिलिसक्या छ । उहा"हरुले जे भन्नुभएको हो त्यो सबै मैले मानिसक्या छु, मैले मानेपछि कुरा सकिइहाल्यो नि
'होइन, बाहिर त प्रधानमन्त्री अझै मान्नुभएको छैन भन्ने हल्ला छ । खास कुरो के हो ?' ' सोध्नेको प्रश्नमा आर्श्चर्य थियो । 'यो वाहियात हल्ला हो '- प्रधानमन्त्रीले भन्नुभयो-'उहा"हरुले भनेको कुरा आजसम्म मैले के नमानेको छु ? जे भन्यो त्यही मानिरहेको छु । उहा"हरुको कुरा काट्ने मेरो के साहस होला र ! मलाई लाग्छ, यो मेरो र उहा"हरुको सम्बन्ध बिगार्ने ग्य्राण्ड डिजाइन हुनसक्छ । यस्तो हल्लामा नलाग्नुस्, मेरो र उहा"हरुबीच सबै कुरा मिलिसक्या छ ।'

प्रश्न सोध्ने झन् आर्श्चर्यमा पर्‍यो, 'सबै कुरा मिलिसक्या भए किन त प्रचण्डले अझै कुरा मिलिसक्या छैन भनेर बाहिर भनिहि"डेको ? 'प्रचण्ड रे ?' अहिले भने आर्श्चर्यमा पर्ने पालो प्रधानमन्त्रीको थियो- 'मैले कहा" प्रचण्डस"ग कुरा मिलिसक्यो भन्या हु" र ?' 'अनि कोस"ग कुरा मिल्यो भन्नुभएको त ?' ' 'मैले त भारत र अमेरिकास"ग कुरा मिलिसक्यो भनेको नि । कान ठीक छैन कि क्या हो तपाइ"को ?' ' प्रम कोइरालाले सट्ट रुमाल झिकेर चीप्रा पुछ्न थाल्नुभयो ।

Anonymous said...

nice one bro,
made me laugh !!

 

myspace counters
eDiet Diet Programs