Sunday 28 October 2007

रुपज्योतिलाई YCL कारवाहि

बाराको परवानिपुर स्थित ज्योति समूह अन्तर्गतका ५ वटा उद्योगलाइ माओवादीको भातृसंगठन वाइसियलका कार्यकर्ताहरुले कब्जामा लिएका छन् ।
रायमाझि आयोगद्धारा जनआन्दोलन भाग २ बाट दोषी देखाईएका उद्योगपति रुप ज्योतिलाई कारवाहि नगरिएको भन्दै वाइ सि एलले ती उद्योगहरु कब्जामा लिएको जनाएको छ । ज्योती फारम अन्तर्गतका सम्पूर्ण उद्योगहरु उद्योगपति रुपज्योतीका नाममा रहेका छन् ।
वाइ सि एल का केन्द्रिय सदस्य सुधिर र वाइ सि एल कै भोजपुरा इन्चार्ज विपिनको नेतृत्वमा गएको टोलीले आज दिउँसो दुइ बजेतिर उद्योगहरु आफ्नो कब्जामा लिएको अखिल नेपाल औद्योगिक मजदुर संघका केन्द्रिय अध्यक्ष धुरी साहले जानकारी दिनुभएको छ ।
एता वाइ सि एलका विपिन र सुधिरले पनि आफुहरुले उद्योग कब्जामा लिएको स्विकारेका छन् ।
हाल ति उद्योगहरुमा उत्पादन यथावत् रहेपनि उत्पादित सामग्रिको बजार निकासिमा भने वाइ सि एलले रोक लगाएको छ । उद्योगपति रुपज्योतिलाई सरकारले कारवाहि नगरे सम्म उद्योगहरु कब्जा मुक्त नगर्ने वाइ सि एलले जनाएको छ ।
ज्योति फारम अन्तर्गत हिमालयन अइरन, हिमालयन अक्सीजन, ज्योति स्पिनिङ लगाएत ७ वटा उद्योगहरु रहेकोमा हाल ५ वटा संचालनमा रहेका छन्

No comments:

 

myspace counters
eDiet Diet Programs