

नेपाल को पूर्बी र् पश्चिमी विभिन्न भाग पानी र बाढीबाट प्रभावित भएको छ । आज पनि बाढी र पहिरोमा परी केही व्यक्तिको मृत्यु भएको छ ।बाढी बाट तराईका धेरैजसो बस्ती डुबेको छ भने हजारौं घरवारविहीन भएका छन् । बाढीले नेपालगञ्ज, धनुषा, सिरहा, सप्तरी, बर्दिया, उदयपुर, महोत्तरी लगायतको जनजीवन कष्टकर बन्दै गएको छ ।समयमा राहत नपुग्दा नेपालगञ्जमा बाढी पीडितको अवस्था अझ कष्टकर बन्दै गएको छ । बाँकेमा अविरल पानी र बाढीले १९ गाविस र नगरपालिका धेरैजसो क्षेत्र डुबेको छ ।
सप्तरीको त्रियुगा, महुली, सुन्दरी, खोडोखड्ग र बलान खोलामा आएको बाढीले ३ हजार घर परिवारलाई विस्थापित पारेको छ । बाढीले भिम बाँध कटानको सम्भावना बढेपछि नेपाली सेना सहितको टोली बाँध मर्मतका लागि बाढी प्रभावित क्षेत्रमा गएको छ । नेपालतर्फ पानीको सतह बढेपछि कोशी व्यारेजका सबै ३९ वटै ढोका खोलेर आपत्तकालिन साईरन, बत्ति र रातो झण्डा गाडिएको छ । बर्षा र बाढीका कारण पूर्वी पहाडको भोजपुर, इलाम र पाँचथरको जनजीवन पनि प्रभावित भएको छ ।
दाङको गुर्जे खोला र पार्तु खोलाले बगाउँदा अन्दाजी २२ वर्षको एक युवक र एक महिलाको मृत्यु भएको छ ।
उता नेपाल का संसद हरुले आफ्नो ५ दिन को तलब बाढी पीड़ित हरुलाई उपलब्ध गंराउंनें भएका छन !
3 comments:
Thanks for the news !!The people need some support at this moment...Plz do something for that from UK.
YES, BHOTE CLUB IS CORRECT, WE SHOULD ALL PUT OUR EFFORTS TOGETHER AND PROVIDE SOME SORT OF HELP TO THESE VICTIM. I WANT TO KNOW IS THERE ANY WAY TO SUPPORT I MEAN ANY ORGANISATION THAT I COULD CONTACT.ANY INFO??
Devkota Ji, whoever you are, you are the real Nepali..liked your thought....
Post a Comment