नेकपा माओवादीको तीन दिनदेखि जारी केन्द्रीय कार्यसमितिको बैठक अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गर्दै आज सकिएकोछ। बिहानैदेखि राजधानीको नयाँबजारस्थित होटल गार्डेनमा बसिरहेको तेस्रो दिनको बैठकमा अध्यक्ष प्रचण्डले पेस गर्नुभएको प्रतिवेदनमा केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको थियो। गणतन्त्र र समानुपातिक निर्वाचन नभए त्यसको विकल्पमा नेकपा माओवादी जनविद्रोहमा जाने प्रस्ताव अध्यक्ष प्रचण्डले आफ्नो प्रतिवेदनमा राख्नुभएको छ। प्रचण्डको ३६ पृष्ठ लामो प्रतिवेदन संशोधनसहित पारित प्रतिवेदनलाई भोलिदेखि सुरु हुने नेकपा माओवादीको विस्तारित बैठकमा पेस गरिने कार्यक्रम छ।
यसैबीच स्रोतका अनुसार पाँ चौँ विस्तारित बैठक बालाजुको औद्योगिक क्षेत्रभित्रको हलमा गर्ने तयारी भइरहेको छ। वाईसीएलका कार्यकर्ताले त्यहाँ व्यापक सुरक्षा दिँ दै विस्तारित बैठकको तयारीमा जुटिरहेको बुझिएको छ।
अब माओवादीले आन्दोलन ३ को नेतृत्व गर्नै पर्छ। यो सरकार मा बसेर केही हुदैन भन्ने कुरा पार्टी हाई कमाण्ड ले बुझे जस्तो छ !!!

1 comment:
karki bhai bahut sahi kura garnu bho. Is Minister yadav's resignation beginning of street agitation proposed by all of us???
Post a Comment