राजनितिक पार्टी र निर्वाचन आयोगले संविधानसभाको चुनाव मंसिरमै हुनुपर्ने रट लगाइरहेका वेला सत्ताधारी राजनितिक दलहरुवीच संविधानसभाको चुनाव फागुनमा सार्ने आन्तरिक तर गोप्य सहमति भएको छ । गणतन्त्र घोषणाको पूर्वसर्त सहित सत्तावाट वाहिरिएको माओवादी मंसिरमा चुनाव गर्न तयार नभएको भन्दै अन्यदलहरुले पनि चुनाव फागुनमा सार्न प्रस्ताव गरेको उच्च स्रोतले जानकारी दिएको छ । चुनाव गर्ने नयाँ मितिको टुंगो भने लागिसकेको छैन् ।
मंसिर ६ गतेका लागि तोकिएको निर्वाचनको मिति आउन अव मात्र ५९ दिन वाँकी रहेको छ । सरकारका विभिन्न निकाय र निर्वाचन आयोगले समेत मंसिर ६ मै चुनाव गर्ने तयारी गरिहरेका वेला आठ राजनितिक दलको शीर्ष नेतृत्ववीच चुनाव फागुनमा सार्ने सहमति भएको हो । केहीदिन यता आठदलका नेताहरुले आफुहरुवीच महत्वपूर्ण समझदारी भएको भन्दै सोही विषयलाई इङगित गर्न खोजेको वताइएको छ ।
माओवादीले सरकारवाट राजीनामा दिएपछि आत्तिएको सातदलीय गठवन्धनले चुनाव सार्नकालागि सहमति जुटाएको वताइएको छ । नयाँ सहमति अनुसार नेपाली कांग्रेसको आजदेखि शुरुहुने महासमिति वैठकले गणतन्त्रमा जाने निर्णय गर्नेछ भने त्यसैलाइ आधार वनाइ माओवादीले संसदको विशेष अधिवेशन वोलाउने छ । सोही अधिवेशनमा मुलुक गणतन्त्रमा जानेवारे संकल्प प्रस्ताव लैजाने र आठैदलको सर्वसहमतिका आधारमा पारित गरिनेछ ।
पछिल्लो समयमा दुइकांग्रेसवीचको एकता अनिश्चीत वन्दै गएपछि माओवादीको सो प्रस्ताव कोइरालालाई पनि उपयुक्त लागेको वताइएको छ । एकिकरणविना चुनावमा जान नहुने अडानमा रहेका कोइराला यसवीचमा एकिकरण नभए देउवाका नजिकका मान्छेलाई मुल कांग्रेसमा तान्ने अभियानमा जुटेको वताइएको छ । दुवै कांग्रेसले लगभग एकै समयमा समयमा छुट्टाछुट्टै महासमिति वैठक वोलाएकाले एकिकरणको सम्भावना कम भएको वताइएको छ ।
1 comment:
WHAT EVER THE DECISION , ALL PARTIES SHOULD UNITE TOGETHER AGAINST PALACE AT THIS PRESENT TIME.
Post a Comment