Friday 2 November 2007

मागी–मागी बेलायत भ्रमण!

कुनै बेला सूर्य नअस्ताउने मुलुक भनेर चिनिने विश्व साम्राज्य कहलिएको वेलायत पुग्ने चाहना सर्वसाधारणलाई जाग्नु सामान्य बुझ्न सकिने कुरा हो। विश्वभर चलेको स्वतन्त्रता र स्वाधीनतायुक्त आन्दोलनसामु परास्त भएर इङल्यान्ड, स्कटल्यान्ड र आयरल्यान्डमा संकुचन भएर हालको विश्वशक्ति संरचनामा अमेरिकाको पुच्छरमात्र भएको बेलायतमा भ्रमण गर्नका लागि मरिहत्ते गर्नेमा अन्तरिम व्यवस्थापिकाकी उपसभामुख पनि पर्नुहुन्छ भन्दा धेरैलाई आश्चर्य पनि लाग्छ। तर, सित्तैंमा पाए जे पनि ज्युनार गर्ने नेपाली परम्परालाई कायम गर्दै माननीय उपसभामुख चित्रलेखा यादवले यही अक्टोबर २३ देखि २५ सम्म बेलायत भ्रमण गरेरै छोड्नुभयो। नेपालको संसद्मा देशमा राजतन्त्र राख्ने नराख्ने भने ऐतिहासिक विषयमा छलफल गर्न संसद्को विशेष अधिवेशन बसिरहेको छ। मतदानको तिथिमिति अझै पनि निश्चित छैन। यस्तो ऐतिहासिक र महत्त्वपूर्ण अवसरमा सांसदहरुले विदेश भ्रमण त्याग्नुपर्ने हो। महत्त्वपूर्ण विषयहरुमा छलफल र मतदानको टुंगो नलागी आफ्नो मुलुक छोडेर अन्यत्र डुल्ने परिपाटीलार्ई किन राम्रो मानिंदैन भने सम्बन्धित मुलकुका विधायिकाको प्रथम दायित्व आफ्ना मुलुकका नागरिक, संसद् र सरकारप्रति हुन्छ। उहाँको भ्रमणका बारेमा बेलायती राजदूत एन्ड्रयू हलले सभामुख सुभाष नेम्वाङलाई लेखेको पत्रमा सम्मानजनक भाषा प्रयोग गरिएको छैन।
राजदूत एन्ड्रयूले सभामुख नेम्वाङलाई हल्का व्यंग्य कस्दै भनेका छन् –“मलाई आशा छ यस्ता श्रृंखलाबद्ध बैठकहरु उपयोगी हुनेछन् र श्रीमती यादवले आफू फर्केपछि ती अनुभवबाट नेपालमा चालु समान किसिमका मुद्दाहरु विकेन्द्रीकरण, सामाजिक, समावेशीकरण, प्रजातान्त्रिक सरकार आदिमा योगदान दिनुहुनेछ। २०५६ सालको आम निर्वाचनपछि गठित तेश्रो प्रतिनिधिसभामा उपसभामुख चुनिनुभएकी यादव नै बेलायती शैलीको संवैधानिक राजतन्त्रसहितको प्रजातान्त्रिक पद्धतिको ज्ञानमा दर्साइएको कमी न्ाक्कली हो कि सक्कली त्यो भन्न नसकिए पनि बेलायती शैलीको प्रजातन्त्र असफल भएर समानुपातिक निर्वाचन पद्धति अंगीकार गरी अर्काे शैलीमा अभ्यासमा जान लागेको नेपालले उहाँको ताजा अनुभवको अभ्यास कहाँ गर्ने हो? संसद्का कर्मचारीहरु उपसभामुखसहित सांसदहरुको ज्ञानको भण्डार देखेर सहानुुभूति प्रकट गर्न थालेका छन्। बेलायतीहरुले छानी छानी उनको देश घुमाउनुभन्दा उतैबाट २/४ जना सांसद र प्राध्यापक ल्याएर सबै सांसदलाई तालिमसम्म दिएको भए नेपालको यो दुर्दशा हुने थिएन कि?
(विमर्श weekly )

1 comment:

Anonymous said...

thukka nepali neta haru

 

myspace counters
eDiet Diet Programs