Saturday 3 November 2007

पत्रकार साह जीवित छन !!!!!

एकमहिनाअघि वाराका पत्रकार बीरेन्द्र साहलाइ अपहरण गर्नमा संलग्न रहेको भनिएका माओवादी कार्यकर्ता कुन्दन फौजदारले अपहरणमा आफ्नो संलग्नता अस्वीकार गर्दै पूर्व जनसरकार प्रमुख लालवहादुर चौधरी ‘सन्दीप’ लगायतले अझै उनलाइ नियन्त्रणमा राखेको हुनसक्ने वताएका छन् । तर उनले साह जीवितनै रहेकोवारे किटानी गर्न भने सकेनन् ।
पत्रकार साहलाई अपहरण गर्ने र नियन्त्रणमा राख्ने काममा सन्दीपनै दोषी रहेको र सवै विवरण उनलाइ थाहा भएको वताएका छन् । उनले भने - ‘मैले साहलाइ सन्दीपको जिम्मा लगाएर हिडें, त्यसपछि केहि थाहा छैन ।’
आफू पार्टीको सिपाही मात्र भएको भन्दै उनले अपहरण भएको दिनपछि उनको अवस्थावारे आफूलाइ कुनै जानकारी नरहेको बताएका छन । अपहरण गर्नुको कारणवारे सोधिएको प्रश्नमा उनले भने - ‘यस संबन्धमा मलाइ केही थाहा छैन तर साहलाइ अपहरण गर्ने पार्टीको योजना होइन् ।’ अपहरण गर्दा आफ्नो संलग्नता रहेपनि उनलाइ किन अपहरण गरियो भन्ने विषयमा खुलाउन चाहेनन् । साथै उनले अपहरण कसको निर्देशनमा र के अपराधका आधारमा भएको थियो भन्नेपनि खुलाएनन् । तर उनले भने - ‘म निर्दोष छु, यसविषयमा पार्टी छिटै विज्ञप्ती निकालेर स्पष्ट गर्नेछ ।’
एक महिनाअघि अपहरणमा परेका पत्रकार साह जीवित छन वा मृत भन्ने विषयमा माओवादीका कुनैपनि निकायले अहिलेसम्म स्पष्ट पारेका छैन्न । स्वयमः माओवादीले गठन गरेको छानविन समिति समेत चुपचाप वसिरहेको छ भने प्रचण्डले मागेको तीनदिनको समयसिमा पनि सकिइसकेको छ

1 comment:

Anonymous said...

Patrakar Sahah diwangat bhaisaknu bhayeko le unha parti hardik shraddhanjali

 

myspace counters
eDiet Diet Programs