Saturday 24 November 2007

नेता पत्नीहरुको समेत पदोन्नति

सबैभन्दा बढी महिला समानता र हक अधिकारका कुरा गर्ने पार्टी कुन हो भनी सोधिएमा सहजै नेकपा माओवादीको नाम आउँछ। केन्द्रीय नेताहरुका पत्नी वा उनीहरुका आफन्त भएकै कारणले मात्र टपटप टिपी सुविधायुक्त स्थानमा बढुवा दिने र लामो त्याग र बलिदानी भएका महिला कार्यकर्तालाई आफल्ने पार्टीको पंक्तिमा पनि माओवादी नै अगाडि देखिएको छ। माओवादी केन्द्रीय सदस्य देवेन्द्र पौडेल (सुनिल) की पत्नी बलावतीलाई पार्टी भातृ संगठन बुद्धिजीवीको जिल्ला समितिबाट पदोन्नति गरी नेवाः राज्य समितिको सदस्य बनाइएको छ। उता, विधायक खिमलाल देवकोटाकी जीवन संगिनी लक्ष्मी शर्मा देवकोटालाई पनि टपक्कै कानूनबाट टिपी बुद्धिजीवीको जिल्ला समितिमा ल्याइएको छ। पार्टीमा लामो समयदेखि खटेका कार्यकर्ताहरु देवकोटा पत्नी लक्ष्मी २०६२ सालसम्म कांग्रेस नै रहेको चर्चा गर्दैछन्। यसैगरी माओवादीका तर्फबाट नेपाल टेलिभिजनको अध्यक्ष बनेका डा। ऋषिराज बरालकी श्रीमती सरिता बराललाई पनि सरक्क बुद्धिजीवीको जिल्ला समितिमा राखिएको छ। सरिता पशुपति बहुमुखी क्याम्पस चाबहिलमा पढाउँछिन्। स्मरण रहोस्, पार्टीभित्र निरन्तर खटेका क्षमतावान् महिला कार्यकर्ताहरुलाई पाखा लगाएर नेता पत्नीहरुलाई एक्कासि टपक्क टिप्दै थपक्क राख्ने वातावरण नेतृ हिसिला यमीका कारण सिर्जना भएको स्रोतले उल्लेख गरेको छ। यमीले डा. बाबुराम भट्टराईका भाइ शिवकी पत्नी दुर्गा भट्टराईलाई एक्कासि बुद्धिजीवी जिल्ला कमिटीमा राख्ने प्रस्ताव गरेपछि अरूहरुले पनि मौकाको फाइदा उठाउँदै तिहारअघि नै चौका होनका हुन्। केन्द्रीयस्तरका नेताहरुको कार्यविभाजन र जिम्मेवारीका नाममा आफ्नो मात्र बन्दोबस्त मिल्नेगरी निर्णय गरेपछि पार्टीको जिम्मेवारी निर्वाह गरिरहेका क्षमतावान् कार्यकर्ताहरु निराश भएका छन्। माओवादी बुद्धिजीवी संगठनका केन्द्रीय अध्यक्ष रमेश शर्मा पार्टीभित्र झाँगिदै गएको गलत प्रवृत्तिका कारण निस्त्रि्कय छन्। अनेक साइनो र माध्यम लगाएर नेता समाती सर्लक्कै माथि उक्लन ज्यानै फाल्ने प्रवृत्तिका कारण माधव मरहठ्ठा पनि निराश देखिएका छन्। उता पदमा टिकिरहन र माथि चढ्न कार्यक्षमता देखाउनुको सट्टा जोरजुलुम गर्न बढी रुचाउने माओवादी कर्मचारी संगठनका अध्यक्ष रुक्म लामिछानेले दशैंमा त्यांग्लाफाँटास्थित घरमा बोलाएर नेताहरुलाई ठूलै भोज खुवाए। यसैगरी संकटकालमा पार्टीबाट अलग्गिएका मुक्ति प्रधानलाई मेलम्ची खानेपानीको कानूनी सल्लाहकार, डा. लक्ष्मीप्रसाद देवकोटालाई खानेपानीको महाप्रबन्धक बनाइएकोप्रति पनि पार्टीका लागि प्रशस्त त्याग र बलिदान गर्ने नेता कार्यकर्ता सकारात्मक पाइएका छैनन्। मन्त्री यमीका निजी सचिव भूमि देवकोटाले त अन्तरंग मित्र कमला लामिछानेकी बहिनीलाई जिल्ला खानेपानी कार्यालय गोरखाको जागिरे नै बनाए। माओवादीभित्र देखिएको आफू निकटकालाई मात्र सुविधा उपलब्ध गराउने र बेपत्ता तथा शहीद परिवारलाई पूर्णतः बेवास्ता गर्ने आम व्यवहारले पार्टी र जनताका नाममा सर्वश्व गुमाउनेहरु हेरेको हेर्यैद भएका छन्। यसैगरी पूर्व एमाले सम्बद्ध शिक्षक संगठनका नेता वामदेव गौतम र पर्वतका पूर्व एमाले सांसद देवबहादुर पौडेल माओवादीमा प्रवेश गरेर पनि सन्तुष्ट नभएको पाइएको छ। हालसम्म बुद्धिजीवी समितिमा राखिएका उनीहरु दुवैजना यसपटक बल्ल भूगोलतिर सर्न पाएका छन्। पूर्व एमाले राममान श्रेष्ठलाई राज्य समितिमा लगिएपछि उनीहरुले आफूलाई भने हेला गरेको महसुस गरेको बताइयो। मकवानपुरका इञ्चार्ज कुशल प्रधानलाई पदोन्नति गरी काठमाडौंमा रहेको माओवादी हेडक्वार्टरमा ल्याइएको छ। अब उनी अध्यक्ष प्रचण्डको निजी सचिवालयमा कार्यरत रहनेछन्। प्रधानको ठाउँमा चितवनका सचिव चन्द्रहरि सुवेदी (अटल) स्थापित भएका छन्। यसैबीच, मंसीर दोस्रो साताभित्रै माओवादी केन्द्रीय समितिको बैठक बस्ने भएको छ।
जन आस्था बाट

2 comments:

Anonymous said...

mula maobadi haru panu ustai hun ki kta ho??

Anonymous said...

This no good, we have hope on maoist party

 

myspace counters
eDiet Diet Programs