Sunday 2 December 2007

'जनमार्च' को स्वागत

१६-मंसिर-२०६४
नेकपा माओवादी थारुवान् राज्य समितिको आयोजनामा दाङको भालुवाङबाट सुरु भएको थारुवान् गणतांत्रिक जनमार्चलाई सुकुम्बासी र विद्यार्थीहरूले स्वागत गरेका छन्। सुकुम्बासीहरुले फूलमाला र अबिर लगाएर जनमार्चलाई स्वागत गरेका थिए। स्वागत गरिसकेपछि उनीहरुले मार्च टोलीलाई आफ्नो बस्तीको अवलोकन गरेर सुकुम्बासीको स्थिति बुझ्न आग्रह गरेका थिए। आग्रहपछि टोलीले सुकुम्बासी बस्तीको अवलोकन गरेको थियो। अवलोकनपछि अभियानका कमान्डर विधायक इन्द्रजीत थारुले मुक्त कमैया, सुकुम्बासीलगायत सर्वहारावर्गको मुक्तिका लागि आफ्नो पार्टी लडिरहेको धारणा राख्दै अन्तिम आन्दोलनका लागि तयार हुन सुकुम्बासीहरुलाई पनि आह्वान गर्नुभयो। त्यस्तै जनमार्च टोलीलाई गणेश मावि ढकेरी बाँकेका विद्यार्थीहरुले पनि स्वागत गरेका थिए। अभियान टोली आज कोहलपुर पुगेको छ। कोहलपुरमा आयोजित सभालाई नेकपा माओवादी थारुवान् राज्य समिति सेक्रेटरी एवं विधायक रामचरण थारु, अन्य विधायकहरु इन्द्रजीत थारु, परमानन्द बर्मा र पूर्णा सुवेदीले सम्वोधन गर्नुभयो। त्यसैगरी माओवादीका बाँके जिल्ला सेक्रेटरी चन्दाकान्त, मधेसी मुक्तिमोर्चाका केन्द्रीय सदस्य फिरोज खाँ, बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य माधव खनाल, महिला नेतृ सुष्मा शर्मा घिमिरे, मजदुरनेता नारदमणि पोखरेलले बोल्नुभएको थियो। गणतन्त्र घोषणा गरी समानुपातिक निर्वाचन प्रणाली लागू गरेर संविधानसभा निर्वाचन गराउन सरकारलाई दबाब दिन र जनसमुदायलाई राष्ट्रियता, गणतन्त्र र संविधानसभाको महत्त्व बुझाउन सुरु गरिएको अभियानको यो टोलीमा आज २ सय २० जना साइकलयात्री सहभागी छन्। पश्चिम महाकालीबाट हिडेको अर्को टोली र यो टोली मंसिर १८ गते बर्दियाको बाँसगढीमा मिलेर संयुक्त सभा गरी अभियान समापन गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ।

2 comments:

Anonymous said...

great............

Basanta said...

The whole country is already republican. The only question remaining is, which republic we are going to choose, a democrartic one or a dictatorship.

 

myspace counters
eDiet Diet Programs