सरकारले ज्ञानेन्द्रका नाममा रहेको नारायणहिटी दरवार राष्ट्रियकरण गर्ने निर्णय गरेको भोली पल्टै ज्ञानेन्द्र कोमल सहित नारायणहिटीवाट वाहिरिएका छन । आज अपरान्ह निलम्वित राजा ज्ञानेन्द्र कोमल सहित आफ्नै नाममा रहेको नागार्जुन दरवार सरेका हुन ।संविधानसभाको निर्वाचनसम्म कम्तीमा ३ महिना नागार्जुनमै रहने दरबारनिकट स्रोतले जनाएको छ। सरकारले नारायणहिटी दरबारलाई राष्ट्रियकरण गरे पनि ज्ञानेन्द्र लाई संविधानसभाको निर्वाचनसम्म त्यहीँ बस्ने भन्ने आदेश दिएको थियो। सरकारी निर्णयको वेवास्ता गर्दै राजा अझै आफ्नै नाममा रहेको नागार्जुन दरबारमा सरेका हुन्। उनी त्येतै बाट बेलायत वा भारत तर्फ लाग्ने हुन भन्ने गाइँ गुई हल्ला दरबार भित्र चलेको भन्ने सुन्न मा आएको छ !! एक स्रोतका अनुसार "ज्ञानेन्द्रले चुनाब भन्दा पहिलेनै नेपाल छोड़ने हल्ला अब यथार्थ मा बदलिएको जस्तो छ!!"
ज्ञानेन्द्र,कोमल पारस सबैलाई बाइ बाइ !!!
4 comments:
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले तर्जुमा गरेका नीति र कार्यक्रमहरूको पछिलाग्दै जाँदा अनुहारविहीन बन्न पुगेका संसदीय प्रजातन्त्र पक्षधर भनिने दलहरू नसामा लठ्ठिएको बालकझैं उज्यालोविहीन गन्तव्यतर्फ डोरिएका छन् । संविधानसभाको बिन्दुमा सबै पक्षलाई राजी गराउने सफलता प्राप्त गरेपछि उत्साही भएका माओवादी अब तत्काल गणतन्त्र घोषणा र जातीय पहिचानसहितको सङ्घीय शासन प्रणाली स्थापनाका निम्ति उद्यत् भएका छन् । कुनै समय संसदीय प्रजातन्त्रको घनघोर हिमायती दाबी गर्ने दलहरू यतिबेला मदारीको बाँदरझैं उनीहरूले जे-जे भन्यो त्यही गर्न विवश देखिँदैछन् । निश्चित आदर्श, सिद्धान्त, लक्ष्य, नीति र कार्यक्रमप्रति प्रतिबद्ध मानिसको जमात भन्ने मान्यताका आधारमा हेर्न नमिल्ने गरी दलहरूको व्यवहार बदलिएको छ । काङ्गे्रस र एमालेजस्ता ऐतिहासिक राजनीतिक दलहरूले समेत माओवादीले निर्धारण गरिदिएको सीमाभित्रको पथमा यात्रा गर्न थालेपछि राप्रपाले पनि गणतन्त्रवादी बनेको स्वाङ रचेको छ । माओवादीले शान्ति सम्झौताकालमा मुख्य जोड दिने गरेको संविधानसभालाई काङ्गे्रस, एमाले, राप्रपा, सद्भावना आदि सबैले स्वीकार गरेपछि माओवादीले अर्को एक फड्को मार्दै गणतन्त्र एवम् जातीय पहिचानसहितको सङ्घीय राज्यप्रणाली स्थापनाको कार्यक्रम अघि सारेकोमा काङ्गे्रस र एमालेदेखि राप्रपासम्मले माओवादीको यही नारामा पनि सहमति जनाइसकेका छन् । अब माओवादीले आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्नका लागि र्सवहारावर्गको अधिनायकत्वमा साम्यवादीकरणका लागि नौलो जनवादी गणतन्त्रात्मक राज्य प्रणालीको नारा अघि सार्नुपर्ने ‘बाध्यात्मक’ स्थिति देखापर्दैछ । तर, गैरमाओवादी भनिएका दलहरूको सोच र व्यवहारलाई हेर्दा कदाचित माओवादीले नौलो जनवादी राज्य प्रणालीको कार्यक्रम ल्याए भने दलहरूले त्यसमा पनि पूराका पूरा सहमति जनाउने छन् भन्ने विश्वास बढाउँदै छ । भिन्न विचार र आस्थाका मानिसलाई एउटा पुरातनवादी कम्युनिस्टले चाह्यो भने कसरी राजनीतिक खोरमा हाल्न सक्दोरहेछ भन्ने तथ्य बुझन च्याङ् काई सेक या सुकार्नो कालको इतिहास पढिरहनु नपर्ने भएको छ । नेपालको वर्तमान राजनीतिलाई मात्र हेर्दा पनि यो स्पष्ट हुन थालेको छ । रुढिवादी कम्युनिस्टहरू बुर्जुवाहरूलाई सजिलै शब्दजालमा पार्न सकिन्छ भन्ने धारणा राख्दछन्, त्यसको प्रयोगथलो पनि नेपालकै वर्तमान बनेको छ । सयजना बुर्जुवा नेताबराबर एक कम्युनिष्ट कार्यकर्ता हुन्छन् भन्ने उनीहरूको कथनको प्रमाणीकरण पनि नेपालको यही समयको राजनीतिले गरिरहेको छ । यर्सथ कम्युनिस्ट पार्टीको एकदलीय अधिनायकवादी शासनको अभ्यास यहाँ भइसकेको छ । माओवादीले तय गरेका नीति र कार्यक्रमभन्दा पृथक धारमा कुनै पनि दल, राजनीतिकर्मी या अन्य नागरिक जान नपाउने, ‘प्रतिगामी’ बनिने भयले सबै थरी मानिस लुरुलुरु एकथरीको पछि लाग्ने स्थिति बनेपछि अब अन्य सबै दल विघटन गरी माओवादीको झण्डामुनि एकताबद्ध भइदिँदा र्सवसाधारण जनता भ्रममुक्त हुनसक्ने अवस्था देखापर्दैछ । यतिबेला दल बहु र एक विचारको स्थिति छ, काङ्गे्रसदेखि एमाले, सद्भावना र राप्रपासम्मले आफ्नो पूर्वराजनीतिक एवम् सैद्धान्तिक मान्यता विघटन गरेझैं सङ्गठन पनि विघटन गरिदिएमा देशमा एक दल एक विचारको अवस्था स्थापना हुनेछ, जनता पनि भ्रममुक्त भई वास्तविकताबारे स्पष्ट हुनेमा विश्वास गर्न सकिन्छ । यसरी माओवादीले एक विचार एक दलको अवधारणालाई कार्यान्वयनका निम्ति अभ्यास गरिरहँदा विचारको राजनीतिलाई अर्कोतर्फाट पनि भयानक आक्रमण हुन पुगेको छ । माओवादीले विजारोपण गरेको जातीय पहिचानसहितको सङ्घीय शासन प्रणालीलाई मूर्त रूप दिन अन्य सबै दल सहमत भइसकेका छन् । सहमत कोही भएका छैनन् भने पनि तिनको आवाज कम्तीमा देशभित्रचाहिँ कतै सुनिएको छैन । नबुझेर हो या बढ्ता बुझेर हो नेपाली राजनीतिकर्मी विचारको राजनीतिबाट देशलाई मुक्त गराएर जातको राजनीतिमा प्रवेशको अभ्यास गर्दैछन् । प्रजातन्त्रलाई समावेशी बनाउने नाममा देशलाई जातिवादको चरम भुमरीमा होम्ने कार्यको डिजाइन जसले गरेका भए पनि इतिहासले वर्तमानका लेण्डुप दोर्जेहरूलाई नै जिम्मेवार ठहर्याउने निश्चित छ । विचारको आधारमा प्रतिस्पर्धा गर्नुपर्ने ठेक्काचाहिँ क्षेत्री, ब्रह्मणलाई मात्रै परेको हो भने अबको राजनीतिमा काङ्गे्रस, एमाले, माओवादीजस्ता दलहरू क्षेत्री र ब्राह्मणहरूको बीचमा मात्र क्रियाशील हुने अवस्था बनिसकेको छ । अरू जातलाई विचारको राजनीतिमा क्रियाशील रहन निरुत्साहित गरिँदैछ र उनीहरूलाई जातिविशेषको ‘राजनीति’ गर्न पे्ररित गर्ने प्रयास यो लोकतन्त्रले गर्दैछ । जातीय अवधारणामा राज्य सञ्चालनको संरचना तयार गरेर विश्वमा कुनचाहिँ मुलुकले उन्नति गर्न सकेको छ यो गहन अध्ययन र अनुसन्धानभित्रको विषय हो । विश्वको सबैभन्दा दूरदर्शी, उच्च विचारका, इमानदार एवम् देशप्रति प्रतिबद्ध राजनीतिक नेतृत्व नेपालको हो भने पनि एक सयभन्दा बढी जाति भएको यो मुलुकमा जातीय सद्भाव खलबल्याएर कसरी दिगो शान्ति, समृद्धि र राष्ट्रिय एकता कायम गर्न सकिएला यो मूल प्रश्न बनेको छ । राजनीतिमा जातीय वा कुनै पनि नामका साम्प्रदायिक भावना प्रवेश गर्ने या गराइनेबित्तिकै त्यो देशको दुर्दिन सुरु भएको मानिन्छ, जुन दर्ुर्दिन निम्त्याउन यो देशको कथित राजनीतिक नेतृत्व दिलोज्यानले क्रियाशील भइनै सकेका छन् । आत्मनिर्णयसहितको सङ्घीय ढाँचामा रहेको सोभियत सङ्घले भोग्नुपरेको पीडाबाट हामीले पाठ सिक्न खोजेनौं, न रुवाण्डामा हुतु र तुत्सीबीच उत्पन्न जातीय युद्धको विष्मयकारी परिणामले हामीलाई होसियार गराएछ । जातीय र क्षेत्रीय आधारमा युगोस्लाभिया टुक्रिएको घटनाले पनि हामीलाई छोइरहेको छैन । नेपालको तर्राई जस्तै मानिने इरिटि्रया इथियोपियाबाट अलग हुनुअघि पनि त्यहाँ सङ्घीय संरचना खडा गरिएको यथार्थ हामीले स्मरण गर्न चाहिरहेका छैनौं । त्यसै पनि लाहुरे अर्थात् अर्काका लागि बाँच्ने भनेर चिनिएको यो देशमा ‘बुद्धिमानले देखेर चेत्छ, मूर्खले भोगेर मात्र चेत्छ’ भन्ने उक्ति चरिचार्थ हुन गइरहेको छ । एक समय विश्व कम्युनिस्ट आन्दोलनको अगुवा मुलुक सोभियत सङ्घले आत्मनिर्णयसहितको सङ्घीय संरचनामा लैजानुलाई मार्क्सवादसम्मत देख्यो र सोभियत सङ्घलाई पछ्याउँदै माओत्सेतुङ्गले पनि युद्धकालमा आत्मनिर्णयसहितको सङ्घीय राज्य प्रणालीकै नारा दिएका थिए । तर सन् १९४९ मा राज्यसत्ता प्राप्त गरेपछि युद्धकालको उक्त नारा विनाकार्यान्वयन विर्सजन गरियो र चीनलाई एकात्मक राज्य प्रणालीअर्न्तर्गत सञ्चालन गरिएको छ । सोभियत सङ्घमा असफल भएको र माओले परित्याग गरेको त्यही अवधारणा यहाँ नेपालमा माओवादीले कसको खुसीका लागि कार्यान्वयन गर्न/गराउन खोज्दैछ खोज्नैपर्ने रहस्यको विषय यो बन्दैछ ।
जाति, भाषा, धर्म, संस्कृति र परम्पराभन्दा धेरै माथि रहेर हरेकको हितमा केन्द्रित रहने नीतिलाई राजनीति मानिएकै कारण राजनीतिलाई आफैंमा एउटा सेवा र आदर्श मानिन्छ । आकाशको नीलोपन स्वच्छ गहिराइ र निष्पक्षताको परिचायक भएजस्तै स्वच्छ पानीले पनि नीलोपनमा आफ्नो गहिराइ र निष्पक्षताको गुण जाहेर गरिरहेको हुन्छ । निष्पक्ष भएकै कारण आकाश र पानीमा जसले जसरी चाह्यो त्यसैगरी मैलिने गुण मूल विशेषताको रूपमा रहेको हुन्छ । राजनीति पनि आकाश र पानीजस्तै निष्पक्ष हुन्छ, यसलाई पनि जसले जसरी चाह्यो त्यसैगरी मैल्याउन सक्छ । सुहार्तोले तीन दशकभन्दा बढी इन्डोनोसियामा जे गरे उनले त्यसलाई राजनीति गरेको दाबी गरिरहेका थिए, चिलेमा जनरल पिनोसेले झन्डै र्दुइ दशकसम्म गरेको नरसंहार पनि राजनीतिकै नाममा भएको थियो, सिक्किममा लेण्डुप दोर्जे पनि राजनीति गरिरहेको ठान्थे, मलेसियाका महाथीर, भारतका चारु मजुमदार, युगाण्डाका इदी अमिन, बोस्निया-हर्जगोविनाका रादोभान काराजित, पोल्यान्डका लेख वालेसा, दक्षिण अमेरिकाका चेगुवेभारा, नेपालका प्रचण्ड र भारतका मनमोहन सिंहदेखि दक्षिण अप्रिmकाका नेल्सन मण्डेलासम्म सबैले आफ्नो समयमा राजनीति गरिरहेको ठानेका छन् या थिए । तर यिनका गन्तव्य, यिनले अपनाएका शैली र सोचबीच कन्फुसिएस र विन लादेनबीच देखिने जत्तिकै अन्तर छ । व्यक्ति राजनीतिमा किन लाग्छन्, के बुझेर लाग्छन्, केका लागि लाग्छन्, कसका लागि लाग्छन् भन्ने जस्ता प्रश्नहरूभित्र मानिसको व्यवहार र भूमिका निर्धारित हुन्छ । राजनीतिका नाममा मोहनदास करमचन्द गान्धी, अब्राहम लिंकन या डा. सनयात सेनले जे गरे त्यहीं चारू मजुमदार, स्टालिन र इदी अमिनहरूले गरेको राजनीतिसँग अतुलनीय भिन्नता स्पष्ट हुन्छ । दुइ हजार वर्षघि प्लेटोले आदर्श राज्यको परिकल्पना गर्नुको कारण राजनीतिलाई विशुद्ध समाज या देशसेवामा केन्द्रित गर्नका लागि थियो । धेरैपछि फायरवाख, रुसो, हिगल, कान्टजस्ता विद्वान्ले विचारमन्थन गरेका पनि राजनीतिमा शुद्धताका निम्ति थियो । तथापि इतिहासमा शक्तिशाली बन्नका लागि राजनीतिलाई फोहोर गर्ने र शुद्धताको निम्ति प्रयास हुने क्रम निरन्तर चल्दै आएको छ । राजनीति, आकाश र पानी आफैमा फोहोर नहुँदा नहुँदै पनि समयाक्रममा प्रदूषणको सामना भने यी तीनै तत्वले गरिरहनुपरेको हुन्छ, जस्तो कि यहाँ नेपालमा पनि अनेक कोणबाट राजनीतिलाई मैल्याउन अनेकौं आकारमा दुष्टमतिहरू क्रियाशील भएका छन् । त्यसैले केही अघिसम्म जाति, धर्म, भाषा, क्षेत्र आदिका कुरा कसैले उठाउन खोज्दा मानिस उसलाई हेरेर ज्रि्रो टोक्थे- आफैंले आफैंलाई ‘अपराधी’ घोषणा गर्दैछ भन्ने ठानिन्थ्यो । गजेन्द्रनारायण सिंहहरू क्षेत्र र जातको मुद्दा उठाउँदा साम्प्रदायिक कहलाइए र उनले समेट्न खोजेकाबाहेक बाँकी मानिसको दृष्टिमा सदा त्याज्य र घृणाको पात्र बनेर उनी मरे । करिब त्यस्तै नियति भद्रकाली र रामनारायणहरूले पनि बेहोरोका हुन् । राजनीतिसँग जात जोडेका कारण एक समय एमएस थापा र गोरेबहादुर अछुतझैं ठानिन्थे । राजनीतिमा जाति, धर्म, भाषा या क्षेत्र जब प्रवेश गर्छ त्यसपछि त्यो मुलुकले धेरै ठूलो रक्तपातपूर्ण दीर्घयुद्ध निम्त्यायो भनेर बुझदा हुन्छ । युगोस्लाभिया र रुवाण्डाको राजनीतिमा जात मिसाइएकै कारण त्यहाँका गृहयुद्धले लाखौं मानिसको ज्यान लिएको घटनाबाट पाठ सिक्न खोजेको भए सायद आज हामी नेपालीले आफ्नो अस्तित्व मेट्ने खाडल यसरी खन्ने थिएनौं ।
मानिसले आफूलाई कुन उचाइमा राख्ने भन्ने कुरा व्यक्तिको जन्मजात गुण, सामाजिक एवम् पारिवारिक परिवेश, शिक्षा र उसको वैयक्तिक जीवनमा सङ्ग्रहित अनुभवले निर्धारण गर्दछ । आफूलाई प्राणी ठानेर सोच्दा उसले कीट-पतङ्गदेखि बाघ, भालु हात्ती र लामखुट्टे-भुसुनासम्मको शरीरमा आफैंलाई पाउँछ । एक स्तर घटाएर मानिसका रूपमा मात्र आफूलाई सोच्छ भने उसले जोहानेर्सवर्गदेखि ओस्लो र पपुवान्युगिनीदेखि तेहरान र भ्यानकुभरसम्म बसोबास गर्ने सबै मानिसको शरीरमा आफ्नो उपस्थिति महसुस गर्छ । मानिस मानिसको तहबाट अर्को एक तह तल ओर्लिंदा चिनियाँ, भारतीय, नेपाली, अमेरिकी, जर्मन, ब्रिटिस, थाई आदि बन्न पुग्दछन् । जब यसबाट पनि तल अर्थात् सबैभन्दा तल पुग्छन् त्यसपछि मानिस यहुदी, क्याथोलिक, प्रोटेस्टेन्ट, मुसलमान, हिन्दू, ब्राह्मण, क्षेत्री, वैश्य, शुद्र, सिया, सुन्नी, बान्टु, स्लोभाक, फुलानी, खमेर, हान, हुतु, तुत्सी, बालुन आदि सहस्रौं सहस्र टुक्रामा विभाजित हुन्छन् र आफ्नो मात्र हितमा केन्द्रित रहन्छन् ।
डाकु बनेर धन आर्जन गर्नु र कुनै जात, धर्म, भाषा या क्षेत्रका भएकै मात्र कारणले ‘ठाउँ’ पाउनुपर्छ भन्ने धारणामा सारगत अन्तर छ भन्न प्रमाण पुग्ने देखिँदैन । यसअघि अयोग्य, अक्षम, असफल र खोटो नियत भएकाहरूले मात्रै राजनीतिमा साम्प्रदायिकताको सहारा लिने गरेको देखिन्थ्यो । तर, यहाँ आफूलाई जातिपाति भावनाको सबैभन्दा बढी विरोधी दाबी गर्नेहरूले नै जातको राज्य र ‘जातलाई ठाउँ’को अवधारणा जबर्जस्ती अघि सार्नुलाई चाहिँ साँच्चै घोर आर्श्चर्यको सर्न्दर्भ मान्नुपर्दछ । जातका नाममा राज्य संयन्त्रभित्र कतै कुनै कोटा छुट्याउने परम्परा बसालिएपछि स्पष्ट छ- जातको अवधारणा कहिल्यै मेटिने छैन, जनताहरूबीच ‘फ्युजन’ गराउनुभन्दा जातिगत भावना नमेट्नुमा नै सम्बद्ध पक्षले आफ्नो हित देख्नेछ र उनीहरू जातिविशेषको हितका निम्ति कुनै पनि लडाइँ लड्न सदा तत्पर रहिरहनेछन् । मानिसबीचको विभेद मेट्न सधैं अग्रसर रहेको दाबी गर्नेहरू नै यसरी जातीय भावना अभेध्य तुल्याउन सक्रिय हुनुले कम्युनिस्टहरूको दोहोरो चरित्रको मात्र पर्दाफास गरेको छैन, नेपाली राजनीतिमा विचारको विघटन भइछाड्ने स्थितिको धमाकेदार आरम्भ पनि यहीँबाट भएको छ ।
Many have regarded the king's recent move as the sign of his impatience with the government's latest decisions. However, others look on the move as part of a conspiracy to foil the CA polls
संविधानसभा वैशाखमा गरौः नेकपा माओवादीले संविधानसभाको निर्वाचन आगामी बैशाखमा गर्न प्रस्ताव गरेको छ। शुक्रबार राजधानीमा नागरिक समाजका अगुवालगायतका समूहसँग आफूद्वारा घोषित आन्दोलनबारे छलफल गर्न आयोजित बृहत अन्तरक्रिया कार्यक्रममा माओवादीका अध्यक्ष प्रचण्डले आफूहरु चर्को दबावमा रहेकाले चुनाव बैशाखमा गर्नुपर्ने नयाँ प्रस्ताव अघि सार्नुभएको हो । यसअघि बैशाखमा चुनाव गर्दा गणतन्त्र आउने भएकाले मंसिरमा गर्न लागिएको भन्दै मंसिरमा चुनाव नगर्न आग्रह गरेको छ।
welcome to republican nepal !!!
Post a Comment