शान्ति सम्झौता वमोजिम ब्यारेकभित्र रहेको नेपाली सेना आज विहान अचानक रेडियो नेपाल र नेपाल टेलिभिजन प्रवेश गरि ‘सर्च’ गरेको छ । करिव ५०/६० जनाको समुहमा आएको सो टोलीले सुरक्षा संवेदनसिलता वढेको भन्दै संचारमाध्यममा सर्च गरेको वताइएको छ ।
नेपाल टेलिभिजनका अध्यक्ष डा. ऋषिराज वरालले आज विहान आफु कार्यालय नभएको वेला सेनाको टुकडी स्टुडियो भवनमा प्रवेश गरेको जानकारी दिदैं त्यस्तो कार्य निन्दनीय भएको वताउनुभएको छ ।
सेना विना अनुमति कार्यालय प्रवेश गरेको र समाचार कक्षमा सेना राख्नेवारे आपसी सल्लाह गरेको सुनिएको टेलिभिजन कर्मचारीले जानकारी दिएका छन् । उनीहरुले महाप्रवन्धकको कक्षमा प्रवेश गरी खानतलासी लिएको समेत वताइएको छ । सेनाले सुरक्षा संवेदनसिलता वढेको र भोलीदेखि समाचार कक्ष र स्टुडियोमा सेना राख्ने भन्दै त्यहाँवाट वाहिरिएको वरालले जानकारी दिनुभयो ।
यसवारेमा आफुलाई कुनै पूर्व जानकारी नभएको र कानुन विपरित सेना प्रवेश गरेको वरालले वताउनुभयो । विभागिय मन्त्री नभएका कारण आफुले यसवारेमा संचार सचिव संकर कोइरालालाइ जानकारी गराएको वरालले वताउनुभयो । साथै सचिवले पनि यसवारेमा जानकारी नभएको र छिट्टै सम्वन्धीत निकायमा सोधपुछ गर्ने जानकारी दिनुभएको छ वरालले वताउनुभएको छ ।
सेनाको अचानक प्रवेशले टेलिभिजनका कर्मचारी आतंकित भएको र सेनाको क्रियाकलपप्रति गम्भीर संका उब्जीएको वरालले वताउनुभयो । यसैगरी सेना रेडियो नेपालमा पनि प्रवेश गरेको वताइएको छ ।

1 comment:
this army still serves the benefit of palaca
Post a Comment