Tuesday, 9 October 2007

राजावादीको अगुवाई भट्टराइले गर्ने



देशको राजनीतिक गतिरोध तरल बनिरहेको बेला नयाँ ध्रुविकरणको शूरुआत हुने संकते देखिएको छ । यसैबीच राजतन्त्रवादीहरु बीचमा एकताको पहल शुरु भएको छ । उक्र एकताको अगुवाई भने नेपाली काँग्रेसका भूतपूर्व सभापति तथा पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराइले गर्ने भएका छन् ।प्राप्त समाचार अनुसार भट्टराइ र राप्रपा नेपालका अध्यक्ष रविन्द्रनाथ शर्माबीच प्रजातान्त्रिक शक्तिहरुको नयाँ एकताका विषयमा छलफल भएको बुझिएको छ । भट्टराइ निवास भैंसेपाटीमा मंलगबार बिहान भएको छलफलमा संवैधानिक राजतन्त्रलाई कसरी जोगाएर लैजाने भन्ने विषयमा कुराकानी भएको समाचार स्रोतले जनाएको छ ।उक्त छलफलका क्रममा राष्ट्रीय अखण्डतालाई जोगाइराख्न लोकतन्त्रात्मक संवैधानिक राजतन्त्रको बाटो एक मात्र विकल्प भएकाले त्यसको लागि पहल गर्ने सहमति भएको राप्रपा नेपालका अध्यक्ष शर्माले बताए!

2 comments:

Anonymous said...

paane budha has gone mad.no one will follow him apart from Kapali and his sisters.

Anonymous said...

यो भातुवा बुद्गो ले केही गर्न सक्दैन। कपालि र शरद सिंह ले दरबार बाट पैसा लिएका छन तेसैले यो बुधो बर्बरैछ

 

myspace counters
eDiet Diet Programs