Wednesday, 10 October 2007

गणतन्त्रको मागप्रति भारतमा समर्थन

भारतका विभिन्न राजनीतिक दलका सांसद, पूर्वसांसद, प्राध्यापक र सामाजिक कार्यकर्ताले नेपाललाई गणतान्त्रिक मुलुक घोषणा गर्नुपनेर् मा ऐक्यबद्धता जनाएका छन् ।
भारतीय कंग्रेसलगायत सत्तारूढ गठबन्धन पार्टीहरूको प्रतिनिधित्व गर्ने सांसदलगायत २५ जनाले मंगलबार विज्ञप्ति जारी गरी नेपालमा गणतन्त्रको मागप्रति समर्थन जनाएका हुन् । उनीहरूले नेपाली जनता आफ्नो मागमा सफल हुने विश्वास पनि व्यक्त गरेका छन् ।
विपक्षी भारतीय जनता पार्टीले अन्तरिम विधायिकाबाट गणतन्त्र घोषणा गर्न नहुने धारणा व्यक्त गरेको तीन दिनपछि सत्तारूढ गढबन्धनका सांसद र विश्लेषकहरूले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
'हामी नेपाली जनताप्रति ऐक्यबद्धता व्यक्त गर्दछौं र नेपाललाई गणतन्त्र घोषणा गर्ने नेपाली जनताको मागको समर्थन गर्दछौं,' संयुक्त विज्ञप्तिमा भनिएको छ । संयुक्त विज्ञप्ति जारी गर्नेमा राज्यसभा सांसद निर्मलादेश पाण्डे -कंग्रेस आई), भारतीय राष्ट्रिय कंगे्रसका राज्यसभा सदस्य रोबर्ट खारसिंह, समाजवादी पार्टीका लोकसभा सदस्य मोहन सिंह, नेसनल कन्पmेन्सका लोकसभा सदस्य ए.आर. सहिन, कम्युनिस्ट पार्टी
अफ इन्डियाका लोकसभा सदस्य सुधाकर रेड्डी, भारतीय कम्युनिस्ट पार्टी -माक्र्सवादी) का मोहम्मद सलिम छन् ।
त्यसैगरी, समाजवादीका राज्यसभा सदस्य सहिद सिद्धिकी, राष्ट्रिय जनता दल -आरजेडी) का राज्यसभा सदस्यहरू मगनीलाल मण्डल, रामदेव भण्डारी, जनता दल - युनाइटेड) का राज्यसभा सदस्य अलि अन्वर, कंग्रेस लोकसभा सदस्य मधुसुदन मिस्टी, कंग्रेसका राज्यसभा सदस्य प्राध्यापक अल्का बलराम छन् ।
सपिएमका लोकसभा सदस्य सुधाशु सिल, अरुणान्चल प्रदेशका पूर्वमुख्यमन्त्री पीके थुगन, पूर्वसांसद नरेश यादव, पूर्वकेन्द्रीयमन्त्री राधाकृष्ण माल्भिया, वरिष्ठ स्तम्भकार कुलदीप नायर, भारतीय जलसेनाका पूर्वप्रमुख एडमिरल एल रामदास, जेएनयु समाजशास्त्रका प्राध्यापक इम्तियाज अहमद, जनसत्ताका पूर्वसम्पादक प्रभात जोशी, वरिष्ठ समाजिक कार्यकर्ता स्वामी अग्निवेश, कंग्रेस कर्नाटकका पूर्वप्रवक्ता मोहनकुमार कोन्दाजी, कर्नाटकका पूर्वविधानसभा सदस्य बी गुरुप्रसाद र प्राध्यापक भिके त्रिपाठी छन् ।

No comments:

 

myspace counters
eDiet Diet Programs