Saturday 1 December 2007

संसदबाट गणतन्त्र घोषणा हुने






नेकपा माओबादीका अध्यक्ष प्रचण्डले २-४ दिन भित्रै संसदबाट गणतन्त्र घोषणा हुने खुलासा गर्नुभएको छ ।
राजधानीमा गणतन्त्रका बिषयमा दलहरुबीच किचलो भइरहेका बेला आज बिहान कोचिला राज्य समिति स्तरीय गोप्य कार्यक्रता प्रशिक्षण कार्यक्रममा भाग लिन बिराटनगर आउनुभएका अध्यक्ष प्रचण्डले सो खुलासा गर्नुभएको प्रशिक्षणमा सहभागी कार्यकर्ताहरुले वताएका छन् ।
‘तपाइहरु ढुक्क हुनुहोस् ,गणतन्त्र घोणणा गर्न काग्रेस पनि सहमतिको नजिक आएको छ’ - प्रचण्डको भनाइ उद्यृत गर्दै एकजना माओबादी कार्यक्रताले भने - ‘यो बिषय गम्भीर भएकाले छलफल गर्न समय लागेको हो ।’
करिब २ घण्टा लामो प्रशिक्षण दिनु भएका प्रचण्डले केही दिनको छलफल पछि गणतन्त्र घोषणालाई टुंगोमा पुर्याउने दाबी गर्नुभयो । प्रचण्डले गणतन्त्र घोषणा र समानुपातिक निर्बाचन प्रणाली सहित ४ वटा मुद्धामा सहमति भए माओबादी निर्बाचन अभियानमा जुटिहाल्ने प्रष्ट पार्नुभयो ।
कोचिला राज्य अन्र्तगत झापा मोरंग र सुनसरी जिल्लाका करिब ११ सय कार्यक्रतालाई प्रशिक्षण दिदै प्रचण्डले कार्यकर्ताहरुलाई आचरण सुधार गर्न निर्देशन दिनुभएको छ । प्रचण्डले कार्यकर्ताहरुलाई तत्काल आफ्ना अराजक गतिविधि नियन्त्रण गर्न निर्देशन दिदै भन्नुभयो - ‘आचरण बिगि्रएका कार्यक्रताहरु तुरुन्तै आफूलाई सुधार्नुहोस् नत्र भने कडा सास्कृतिक क्रान्ति सुरु गरिनेछ ।’
प्रचण्डले पार्टी भित्र २० प्रतिशत कार्यक्रता भ्रष्ट भएको उल्लेख गर्नुभयो ।
उहाले शान्ति प्रक्रियापछि पार्टीभित्र प्रवेश गरेका केही कार्यकर्ताहरुको उद्दण्डताका कारण पार्टीकै बद्नाम भएको भन्दै तत्काल आचरण सुधार गर्नुपर्ने बताउनुभयो । प्रचण्डले नोबेल मेडिकल कलेज विराटनगरका सञ्चालकहरु बीचको विवाद मिलाउन आफूले काठमाडौं बोलाएका चिकित्सकलाई तल्लो स्तरका कार्यकर्ताले अपहरण गरेर कुटपिट गरेको बताउनुभयो ।
प्रचण्डले कार्यकर्ताहरुलाई जनताको आखामा नबिझाउने हुन सुझाव दिनुभएको छ ।

No comments:

 

myspace counters
eDiet Diet Programs